• २०८१ बैशाख ७ शुक्रबार

खल्ती ५ औं वर्षमा प्रवेश 

kharibot

काठमाडौँ । २०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्तीले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ । 

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो। खल्तीले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा खल्ती मात्र ५ बर्षको भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ । 

युवाहरु माझ बढी प्रचलित खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै