• २०८१ बैशाख २३ आइतबार

राइफल बोकेको तस्विर सार्बजनिक गरेपछि अमेरिकी सांसद विवादमा

kharibot

न्यूयोर्क । राइफल बोकेर खिचेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् ।

विद्यालयमा भएको गोलीकान्डपछि रिपब्लिकन सांसद थोमस मासीले परिवारका सदस्यसहित बन्दुक बोकेको तस्बीर सामाजिक सञ्जालमा सार्बजनिक गरेपछि उनको कडा आलोचना भैरहेको छ ।

केन्टुकीबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद मासीले ट्विवटरमा सो फोटो पोष्ट गरेपछि विवादमा तानिएका छन् । म्यासीले सो तस्विर ट्विट गर्दै लेखेका थिए: मेरी क्रिसमस । सान्ता कृपया बारुद ल्याइदेउ । 

बन्दुक आक्रमणका पीडितले सो पोष्टको निन्दा गरेका छन् । उनी संवेदनहीन भएको ट्विटरका प्रयोगकर्ताले आरोप लगाएका छन् । मानवीय सम्बेदनाप्रति उनी नसुन्ने भएको कतिपयले गुनासो गरेका छन् । 

मिसिगनको  एउटा विद्यालयमा भएको गोली कान्डको पृष्ठभूमिमा सो फोटो पोष्ट गरिएको छ । सो गोली काण्डमा चार जना किशोरको मृत्यु हुनुका साथै सात विद्यार्थी घाइते भएका थिए । १५ वर्षीय विद्यार्थीले बाबुको बन्दुक बोकेर विद्यालयमा अन्धाधुन्दा गोली प्रहार गरेका थिए । अक्रमणकारीका अभिभावकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । 

अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनी रुपमै पहल गर्नुपर्ने बहस बढिरहकै बेला सो घटना भएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै