• २०८१ बैशाख १७ सोमबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका गोरे समुहका सुन तस्कर पक्राउ

kharibot

काठमाडौं । ३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका गोरे समुहका सुन तस्करलाई प्रहरीले पक्राउ गरेको छ । 

झापा साविक शिवगंज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेको आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको तस्करी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो । 

फरार रहेका प्रतिवादीमध्ये अग्रवाल पनि एक थिए । उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा इन्टरपोल शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनीविरूद्ध जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएको छ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै