• २०८१ बैशाख १६ आइतबार

सुन तस्करी प्रकरणमा आयोगले कारवाही सिफारिस गरेका १२ जना को को हुन् ?

kharibot

काठमाडौँ । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले १२ जनालाई कारबाही सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराम आचार्यको नेतृत्वमा गठन भएको आयोगले पाँच महिनापछि बुझाएको अध्ययन प्रतिवेदनमा १२ जनालाई कारवाहीको सिफारिस गरेको हो ।

आयोगले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित १२ जना दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको छ।

आयोगको प्रतिवेदनका अनुसार ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो क्यासिनो सञ्चालन गरिरहेका चिनियाँ नागरिक टेरेन्स टिएचसी, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयका परराष्ट्र विज्ञ जीवन गुरूङ, विध ल्याबका सञ्चालक भीमकान्त भण्डारी, जीवन चलाउने र होटल भियनाका सञ्चालक मन्जिल श्रेष्ठलाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको छ ।

त्यस्तै सरकारी वकिल कार्यालयका बासुदेव शर्मा र जनकराज घिमिरेलाई पनि प्रतिवेदनले दोषी ठहर गर्दै विभागीय कारबाहीको सिफारिस गरेको छ ।

त्यसैगरी आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा, डिएसपी रूगम कुँवर र दुर्गा दाहाललाई कम्जोर तरिकाले अनुसन्धान गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेको छ ।

आयोगको प्रतिवेदन बुझेपछि गृहमन्त्री रवि लामिछानेले सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै