• २०८१ बैशाख १७ सोमबार

महरासहितका आरोपितमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रीको निर्देशन

kharibot

काठमाडौं । सरकारले सुन तस्करी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रिया अघि बढाएको छ ।

उपप्रधानम तथा गृहमन्त्री रवि लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहित छलफल गरी कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

मन्त्रालय स्रोतकाअनुसार गृहमन्त्रीले पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरासहित यस प्रकरणमा आयोगले किटान गरेका निजामती कर्मचारी, प्रहरी र अन्य तस्करीमा संलग्न रहेका व्यक्तिलाई बयान लिई कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
जाँचबुझ आयोगले गृहमन्त्रीलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि आजै सुरू गर्न र अनुसन्धानको दायरामा रहेका सबैलाई बयान लिन पनि निर्देशन दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै