काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिन डिसेम्बर पहिलो साता भारत भ्रमणमा आउने भएका छन् ।
भारतका लागि रसियन राजदुताबासले पुटिन आगामी डिसेम्बर ६ तारिखमा भारत भ्रमणमा आउने जानकारी दिएको छ ।
यस भ्रमणमा पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशको समबन्ध विस्तार र सहकार्यका विषयमा छलफल गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
साथै भेटवार्तामा जी-२०, ब्रिक्स र एसएसिओमा मिलेर काम गर्ने विषयमा छलफल हुने दुताबासले उल्लेख गरेको छ ।
भारतीय विदेश मन्त्रालयले पुटिनले भारत-रसिया २१औ समिटमा भाग लिन भारत आउन लागेको उल्लेख गरेको छ ।