• २०८१ बैशाख १८ मंगलबार

पिएसजीको निशानामा जिनेदिन जिदान !

kharibot

काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगको यस सिजनमा पनि सन्तोषजनक प्रदर्शन नगरेपछि नयाँ प्रशिक्षकको खोजि शुरु गरेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको समुह चरणमा म्यानचेस्टर सिटीसँग पराजित भएपछि पिएसजीले रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई भित्राउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

पिएसजीले जिदानसँग सम्भावित सहकार्यको लागि भेटवार्ता गरिसकेको बताइएको छ ।

पिएसजीका स्पोर्टिंग डाइरेक्टर लियोनार्दो र जिदान मिल्ने साथि भएकाले पनि जिदान पिएसजी आउनसक्ने अनुमान तिब्र भएको छ ।

यसैबीच हालका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउने योजना बनाएपछि पिएसजीले जिदानसँगको आफ्नो कुराकानी अगाडी बढाएको बताइएको छ ।

पिएसजीले च्याम्पियन्स लिग जित्ने उद्धेश्यका साथ विश्वकै उत्कृष्ट खेलाडी लियोनेल मेसी, नेइमार जस्ता खेलाडीमा मिलियन डलर खर्च गरेपनि च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन नभएपछि कम्तिमा आउदो सिजनसम्म प्रशिक्षक फेर्ने बताइएको छ ।

यस अघि जिदानले कतार विश्वकपपछि फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने चर्चा भइरहेका बेला पिएसजीले उनलाई भित्र्याउने पहल थालेपछि नया मोड आएको बताइएको छ ।

रियल म्याड्रिडमा प्रशिक्षकको रुपमा उत्कृष्ट काम गरेका जिदानलाई म्यानचेस्टर युनाइटेडले चासो देखाएपनि उनले सो प्रस्ताव अस्वीकार गरेको मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

खेल विश्लेषकहरुले जिदानको स्वभाव र रणनीति पिएसजीका लागि फिट हुने भन्दै जिदान पिएसजी आएमा च्याम्पियन्स लिग जित्ने सम्भावना बढ्ने टिप्पणी गरेका छन् । खेलाडीबाट उत्कृष्ट काम र नतिजा निकाल्ने प्रशिक्षकको रुपमा जिदानले आफ्नो छबि बनाएकाले पनि पिएसजीले विशेष चासो देखाएको बताइएको छ ।      
         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै