• २०८१ बैशाख १७ सोमबार

प्रधानन्यायाधीश राणाविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च हुने

kharibot

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदमुक्त गर्न माग गर्दै आज बिहीबार सर्वाेच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरिँदैछ । 

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र अन्य पेशागत संघसंस्थाले आज दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार, सर्वोच्च बार, बृहत् नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ,  नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा मार्च पास हुँदैछ ।

चरणवद्ध आन्दोलनमा रहेको बारले यसअघि प्रतिनिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ ।

बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध तथा धर्ना कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रम आज पनि बिहान १० बजे सुरु हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै