• २०८१ बैशाख १५ शनिबार

न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक छ : प्रधानन्यायाधीश श्रेष्ठ

kharibot

काठमाडौँ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्‍याउन  जरुरी भएको बताएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच  पुर्‍याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताए ।

उनले श्रमसमबन्धी महत्वपूर्ण फैसला र आदेशको प्रकाशन महत्वपूर्ण भएको बताए । 

प्रधानन्यायाधीशले श्रेष्ठले कानुनमा समाहित भएका नवीन अवधारणा र व्यवस्थाको दृष्टिकोणले महत्वपूर्ण देखिएको फैसला छनौट गरेर प्रकाशन गर्नु सान्दर्भिक भएको बताए ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले महत्वपूर्ण फैसला र आदेशको प्रकाशनले न्याय सम्पादनका विविध आयामबारे नागरिकलाई जानकारी हुने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै