• २०८१ बैशाख १५ शनिबार

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल

kharibot

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनबीच मंगलबार फोन वार्ता भएको छ ।त्यस फोनवार्ताका क्रममा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच टेलिफोन कुराकानी भएको थियो । त्यसक्रममा उनीहरुका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाएका थिए । रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरुले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गरेको क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस विज्ञप्तिमा उहाँहरुबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो । उहाँहरुबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । पूर्वी युक्रेनका द्वन्द्वपीडितहरुको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरुका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय