• २०८१ बैशाख ८ शनिबार

नाबालिक बलात्कारको आरोपमा ७२ बर्षिय बृद्ध पक्राउ

kharibot

बर्दिया । बर्दियामा उपचार गरि दिने भन्दै नाबालिका माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले राजापुर नगरपालिका वडा नम्बर ९ भीमापुरबाट ७२ वर्षीय वृद्धलाई पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

कार्तिक २३ गते उपचार गराउन बृद्धको घरमा आएकी १४ वर्षीया बालिका माथि मंगलबार बलात्कार गरेको आरोपमा बृद्धलाई पक्राउ गरेको छ। बिहान करिब १० बजे घरमा बालिका माथि बलात्कार गर्दै गरेको अवस्थामा अर्का उपचार गराउन आएका व्यक्तिले देखेपछि वृद्ध भागेका थिए । उनी भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको कार्कीले बताए ।

बुद्धका अनुसार पीडित बालिका त्यहाँ एक वर्षदेखि उपचार गराउन जान्थिन । बालिकालाई मृगी रोग थियो । प्रहरीले पक्राउ पछि गरेको अनुसन्धानबाट बृद्धले जडिबुटीको उपचार गराउने काम १५ वर्ष अघि देखि गरिरहेको देखिन्छ । यो काम गर्नु अघि उनी गाउँघरमै ज्याला मजदुरी तथा मिस्त्रिको काम गर्ने गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

बृद्धले आफ्नो घरमा १५ वर्षदेखि मृगी रोग, पिनास, टाउको दुख्ने, सर्पले टोकेको व्यक्तिलाई जडिबुटीबाट उपचार गर्दै आएको प्रहरीले जानकारी दिएकोछ । तर बृद्धलाई जडिबुटी संबन्धी औपचारिक अध्ययन नभएको प्रहरीले जनाएको छ ।

बृद्धले एकपटकको सर्पले टोकेको ५ हजार, पिनासको ५ हजार र मृगीको ८ हजार लिने गरेका थिए । त्यस्तै उनले बिरामी पनि मंगलबार मात्रै भेट्थे प्रहरी प्रमुख कार्कीले भने । उनीबाट कोही पीडित भएको भए प्रहरीको सम्पर्कमा आउन जिल्ला प्रहरी कार्यालय बर्दियाले अनुरोध गरेको छ । वृद्ध आफ्नी दुई जना श्रीमतीसँग सोही घरमा बस्दै आएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै