काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा फेरी वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
मुल्य वृद्धिपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १३६ पुगेको छ भने डिजल र मट्टीतेलको ११९ पुगेको निगमले जानकारी दिएको छ ।
त्यस्तै निगमले आन्तरिक र बाह्य हवाई इन्धनको मुल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ ।
त्यस्तै निगमले खाना पकाउने ग्याँसमा प्रतिलिटर ७५ ले वृद्धि गरेको छ । मुल्य वृद्धिपछि खाना पकाउने ग्याँसको मुल्य १५७५ पुगेको छ ।