• २०८१ बैशाख १७ सोमबार

१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप लगाइदै

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । सरकारले १२ वर्षमाथि उमेर समूहका दीर्घ रोग भएका सबैलाई फाइजर खोप आइतबारदेखि लगाउने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज फाइजर खोप दिन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै