• २०८१ बैशाख २५ मंगलबार

जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक नियुक्त

kharibot

काठमाडौँ । बार्सिलोनाले आफ्नो मुख्य प्रशिक्षकमा जाभी हर्नानडेजलाई भित्र्याएको छ । बार्सिलोनाका लिजेण्ड खेलाडी जाभी बार्सिलोनामा प्रशिक्षकको रुपमा फर्किएका हुन् ।

कतारको क्लब अल सादले जाभीलाई बार्सिलोनाको प्रशिक्षक बन्न अनुमति दिएको जानकारी गराएको छ । अल सादले क्लबको इतिहासमा जाभीको महत्वपूर्ण ठाउ रहेको भन्दै बार्सिलोनाको सम्बन्ध र व्यावहारिक पक्षलाई हेरेर उनलाई बार्सिलोना जान अनुमति दिएको जनाएको छ ।

अल सादले जाभीलाई रिलिज गर्न बार्सिलोनाबाट शुल्क लिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस सिजनमा खराब प्रदर्शनपछि रोनाल्ड कोम्यानलाई बर्खास्त गरेर बार्सिलोनाले क्लबकै बि टिमका प्रशिक्षक सेर्गी बार्जुअनलाई अन्तरिम प्रशिक्षक बनाएको थियो ।

जाभी बार्सिलोनाका लिजेण्ड खेलाडी रहेका छन् । उनले बार्सिलोनामा २५ ट्रफी खेलाडीको रुपमा जितेका छन् । १९९७ देखि २०१५ सम्म बार्सिलोनामा खेलेका जाभीले ८ ला लिगा र च्याम्पियन्स लिगको उपाधि समेत जितेका थिए ।

जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेल्दै ८५ गोल र १८५ गोल असिस्ट गरेका थिए । जाभी बार्सिलोनामा लियोनेल मेसी (७७८) पछि सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै