• २०८१ जेठ ३ बिहीबार

काँग्रेस महासमितिको बैठक तत्काल गर्नुपर्छ : डा मिनेन्द्र रिजाल

kharibot

भक्तपुर । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस महासमितिको बैठक तत्काल गर्नुपर्ने बताएका छन् । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले अब काँग्रेसले संघियतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने र यसका लागी महासमितिको बैठक आगामी बैशाखमा गर्ने उनले बताए । 

बैंठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै पार्टीको आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताए ।  
काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीका रुपमा रुपान्तरित हुनुपर्ने नेता रिजालले बताए । 

सरकार गठनपछि काँग्रेस प्रतिपक्षको भूमिकामा बसेर देश विकासका लागी रचनात्मक भूमिकामा रहने बताउदै डा रिजालले बाम गठबन्धनलाई काम चलाउ सरकारले गरेका निर्णयमा भन्दा पनि सरकार गठन प्रक्रियामा अघि बढ्न आग्रह गरे ।  

उनले राष्ट्रिय सभाको निर्वाचन तोकिएकै समयमा हुने बताउदै राष्ट्रिय सभाको निर्वाचन लगत्तै नयाँ सरकार निर्माण हुने बताए । मुलुलकको सीमा मिचिएको बिषय एकदमै जटिल भएका कारण यसका बिषयमा  सबै दलले गम्भिर भएर अघि बढ्नुपर्ने डा। रिजालको धारणा थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै