• २०८१ बैशाख २४ सोमबार

अन्डर-१९ विश्वकपको सेमिफाइनलमा भारत र पाकिस्तान खेल्ने 

kharibot

काठमाडौँ । भारत न्यूजिल्याण्डमा जारी अन्डर-१९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वेन्सटाउनमा शुक्रबार बिहान भएको खेलमा भारतले बंगलादेशलाई १३१ रनले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा भारत र पाकिस्तानको भिडन्त हुने भएको छ ।

भारतले टस जितेर पहिले ब्याटिङ गरेको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २६५ रन बनाएको थियो । भारतका लागि शुभमन गिलले सर्वाधिक ८६ रन बनाएका थिए भने अभिषेक शर्माले ५० रन बनाएका थिए ।

२६६ रनको लक्ष्यका साथ मैदानमा आएको बंगालदेश ४२.१ ओभर खेल्दै १३४ रन बनाएर अलआउट भएपछि भारतले खेल १३१ रनले जितेको थियो ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका लागि केएल नगरकोटीले ३ तथा अभिषेक शर्मा र शिवम मालीले २-२ विकेट लिएका थिए । 

यसखेलसँगै अन्डर-१९ विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनलमा अब अस्ट्रेलिया र अफगानिस्तान तथा दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तानबीच हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै