• २०८१ बैशाख १७ सोमबार

चेन्नई सुपर किंग्सले जित्यो आइपिएलको उपाधि

kharibot

काठमाडौँ । चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) को उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा चेन्नईले कोलकोता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।

कोलकोताका लागि शुभमन गीलले ५१ र वेंकटेश अय्यरले ५० रन बनाएका थिए । त्यस्तै शिभम माभीले २० र लुकी फर्गुशनले १८ रन बनाएका थिए । कोलकोताका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै चेन्नईका बलर शार्दुल ठाकुरले ३ विकेट लिए भने रविन्द्र जडेजा र जोश हजेलवूडले २-२ विकेट लिए । त्यस्तै दिपक चहर र डवाने ब्राभोले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डुप्लेसिसले सर्बाधिक ८६ रन बनाएका थिए । डुप्लेसिसले ५९ बलमा ३ छक्का र ७ चौका प्रहार गरेका थिए ।

त्यस्तै मोईन अल्लीले अविजित ३७ रन बनाए भने रुतुराज गायकवाडले ३२ रन बनाए भने रोबिन उथप्पाले ३१ रन बनाएका थिए ।

त्यस्तै कोलकोताका बलर सुनिल नारायणले २ विकेट लिए भने शिभम माभीले एक विकेट लिए ।

यो सँगै चेन्नईले चौथो पटक आइपिएलको उपाधि जितेको छ । यसअघि चेन्नईले २०१०, २०११ र २०१८ मा आइपिएलको उपाधि जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै