• २०८१ बैशाख १५ शनिबार

जबजको मार्गदर्शनमा समाजवादको कार्यसूची तय गरिनेछ : नेता थापा

kharibot

तस्वीर : रासस

काठमाडौँ । नेकपा(एमाले)का स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको विधान महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई समृद्ध र संश्लेषित गर्दै समाजवादको तत्कालीन कार्यक्रम तय गर्ने बताएका छन् ।

शुक्रबारदेखि हुने सो पार्टीको विधान महाधिवेशनबारे मूल व्यवस्थापन समितिका तर्फबाट जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक थापाले एमालेले मान्दै आएको जबज नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रूपमा सही सावित भइसकेकाले समाजवादोन्मुख परिवेशमा यसको व्याख्या र संश्लेषणसहित नयाँ पदावलीबाट सम्बोधनका लागि बहस भइरहेको बताए ।

जबजलाई समृद्ध र संश्लेषण गर्दै विकसित गरेर समाजवादको तत्कालीन कार्यक्रम तय गर्दै यसलाई मदनवाद वा मदन विचारधारा भन्ने सम्बन्धमा पनि प्रस्ताव आएको उनले जनाए । उनले पार्टीभित्रको अराजकता र दक्षिणपन्थताको अन्त्यका लागि महाधिवेशनले नीति तय गर्ने र पार्टी जीवनको थप लोकतान्त्रिकरण गर्ने स्पष्ट गरे । 

नेता थापाले पार्टीको कार्यकारी पदमा एकै व्यक्तिले दुई कार्यकालसम्म रहन पाउने र ७० वर्षे उमेर हदको व्यवस्थालाई निरन्तरता दिइएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै