• २०८१ बैशाख १५ शनिबार

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पूर्जी जारी

kharibot

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौँ जिल्ला अदालतले आइतबार उनलाई पूर्जी जारी गरेको हो ।

रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक थापामाथि पनि अनुसन्धान भइरहेको थियो । यस प्रकरणमा प्रतीकको संलग्नताका प्रमाणहरु भेटिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै