• २०८१ बैशाख २२ शनिबार

लिभरपुल विजयी, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा साडियो माने, मोहमद सलाह र नाबी केइटाले एक एक गोल गरेका थिए ।

यो खेलपछि लिभरपुलले लिगमा ५ खेलमा ४ जित र एक बराबरीसहित १३ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै क्रिस्टल प्यालेसको ५ खेलमा ५ अंक रहेको छ ।

गएरातीनै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटी साउथहम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी गोलरहित बराबरीमा रोकिएको हो ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा ३ जित, एक बराबरी र एक हारपछि १० अंक रहेको छ । त्यस्तै साउथहम्पटनले सिटीसँग बराबरी खेल्दै ५ खेलमा पहिलो अंक हासिल गरेको छ । साउथहम्पटनले यस अघिका ४ खेलमा हार बेहोरेको थियो ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय