• २०८१ बैशाख २२ शनिबार

रेशम चौधरी सनाखतका लागि निर्वाचन आयोगमा

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले निर्वाचन आयोग पुगेका छन् ।

सोमबार जसपाको विवाद निरुपण गर्न पार्टीका दुबै पक्षका कार्यकारणी सदस्यहरुको सनाखत गर्न निर्वाचन आयोगले बोलाएपछि डिल्लीबजार कारागारमा रहेका जसपाका संसद तथा कार्यकारिणी सदस्य रेशम चौधरीलाई सनाखतका लागि आयोगमा पुगेका हुन् ।

यसअघि चौधरीको सनाखत गर्न आयोगका कर्मचारी डिल्लीबजार कारागारमा पुगेपनि चौधरीले आयोगमै पुगेर सनाखत गर्ने भन्दै कारागारमा सनाखत गर्न अस्वीकार गरेका थिए । 

चौधरीले जसपाको अहिले अधय्क्ष महन्थ ठाकुरसँग छलफल गरिरहेको बताइएको छ ।  

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकोमा अहिलेसम्म अध्यक्ष उपेन्द्र यादवको पक्षमा ३४ कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै जसपाको ठाकुर पक्षमा १६ कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका छन् ।

आयोगले जसपाको आधिकारिकता विवादमा सम्भवत: आजै निर्णय सुनाउने बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै