• २०८१ बैशाख २४ सोमबार

अर्नाको आक्रमणबाट इटहरीमा एक बालिकाको मृत्यु

kharibot

इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको आक्रमणबाट आज एक बालिकाको मृत्यु भएको छ । 

मृत्युहुनेमा कोशी गाउँपालिका–४ का मोहम्मद मजेबुलका नौ वर्षीया छोरी सेहेजादी खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आरक्षमा संरक्षित अर्नाको आक्रमणमा परी गम्भीर घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । अर्नाको आक्रमणबाट १६ वर्षीय जावेद आलम घाइते भएका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै