पूर्वी एसिया / यसअघि मृत्युदण्ड दिएको भनिएकी उत्तर कोरियाली पप आइकन तथा सेक्सटेप स्टार ह्योन सोंग वोल दक्षिण कोरियासँगको वार्ताटोलीमा एकाएक देखा परेपछि सनसनी मच्चिएको छ ।
उत्तर कोरियाले उच्चस्तरीय वार्तामा पहिले नै मृत्युदण्ड दिइएकी भनिएकी वोललाई सहभागी गराएपछि उनीबारे गरिएका यसअघिका समाचार झूटो भएको छ । उनी दुई वर्षमा पहिलोपटक उच्चस्तरीय कूटनीतिक वार्तामा उत्तर कोरियाको प्रतिनिधित्व गर्दै सार्वजनिक भएकी हुन् ।
उनी पानमुनजोम भन्ने दक्षिणसँगको सीमा जोडिएको गाउँकी नागरिक पनि हुन् । सोमबार उनी दक्षिणसँगको वार्तामा उत्तर कोरियाली कूटनीतिज्ञसँगै रहेकी थिइन् । उत्तर कोरियामा किम परिवारसँग जोडिएकी शक्तिशाली महिलाको रुपमा देखापरेपछि उनको चर्चा चुलिएको हो । उनी किम जोंग उनकी दिदी किम यो जोंगसँगै गत अक्टोबरमा वर्कर पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरिएकी थिइन् ।
उनी सन् २०१२ मा किम जोंग उनले गठन गरेको १० सदस्यीय मोरनबंग ब्यान्डकी नेतृत्वकर्ता पनि हुन् । उक्त ग्रुपले पश्चिमा शैलीको पप संगीत, ध्वनि र रकी गीतहरु जस्तै उत्तर कोरियाली प्रोपागाण्डा गीतहरु संरचना गर्छ । यसले देशभक्तिपूर्ण गीतहरु पनि बनाएर गाउँछ । यसले पार्टीका लागि पनि गीत गाउने काम गर्छ ।
ह्योनलाई किम जोंग उनको भूतपूर्व प्रेमिका भन्ने गरिन्छ । उनलाई पहिले नै मृत्युदण्ड दिइएको बताइएको थियो । उनको सेक्स टेप टेलिभिजन स्क्रिनबाट बाहिरिएसँगै यस्तो हल्ला चले पनि त्यो निराधार साबित भएको हो ।