• २०८१ बैशाख २६ बुधबार

अप्रिल २७ मा किम जोंग उन र मुन जाए इनबीच ऐतिहासिक भेट हुने, त्यसलगत्तै किम-ट्रम्प भेटवार्ता

kharibot

काठमाडौं । दशक लामो युद्ध सन्त्रासका बीच दुई कोरियाबीच ऐतिहासिक द्विदेशीय सम्मेलन हुने भएको छ । यो सम्मेलन सन् २००७ पछिकै ठूलो र उच्चस्तरीय अधिकारीहरुबीचको भेटघाट हो । बिहीबार मात्रै यसको टुंगो लागेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । 

उक्त भेटघाट उत्तरका राष्ट्रपति किम जोंग उन र दक्षिणका राष्ट्रपति मुन जाए इनबीच दुई कोरियाको सीमाक्षेत्रमा रहेको फ्रिडम हाउसमा हुने तय भएको सीएनएनले जनाएको छ । उक्त तयारीका लागि अप्रिल ४ मा कार्यगत तहमा छलफल हुनेछ भने सुरक्षा र मिडियाबारे आवश्यक व्यवस्थापनको समेत निर्धारण पहिले नै गरिनेछ । 

किम जोंग उनले चीन भ्रमणलगत्तै दुई कोरियाली उच्चस्तरीय भेटघाटको मिति तय गरिएको हो । दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटेपछि उत्तरका किमले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि अर्को ऐतिहासिक भेट गर्नेछन् । यद्यपि यसबारे उत्तर कोरियाली अधिकारीकै मुखबाट भने केही कुरा बाहिर आइसकेको छैन । 

एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा अशान्ति छाइरहेका बेला केही समयअघि मात्रै दक्षिण कोरियामा आयोजित ओलम्पिक खेलले त्यस क्षेत्रको राजनीतिक वातावरणमा नाटकीय परिवर्तन ल्याइदिएको थियो । सो क्रममा दुवै कोरियाका खेलाडीले एउटै झण्डामुनि रहेर प्रतिस्पर्धा गरेका थिए । 

त्यसपछि उच्चस्तरीय भेटघाटको वातावरण बनेको थियो । विशेष गरी दक्षिण कोरियामार्फत उत्तरका किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग सिधै वार्ता गर्ने प्रस्ताव गरेपछि नाटकीय रुपमा ट्रम्पले स्वीकारिदिएका थिए । यसले विश्व नै आश्चर्यचकित भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै