• २०८१ कार्तिक ६ मंगलबार

नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने कुनै योजना छैन- मन्त्रालय

kharibot

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

मन्त्रलायले आइतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् भने चौतर्फी विरोध पनि भइरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

मन्त्रालयले निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएका स्पष्ट पारेको छ ।

साथै निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै