• २०८३ मङ्सिर ८ मंगलबार

जर्ज फ्लोयडको हत्या गरेका प्रहरी अधिकृतलाई साढे २२ बर्षको सजाय

जर्ज फ्लोयडको हत्या गरेका प्रहरी अधिकृतलाई साढे २२ बर्षको सजाय

काठमाडौँ । अमेरिकामा जर्ज फ्लोयडको हत्या गरेको आरोप लागेका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई साढे २२ बर्षको सजाय तोकिएको छ ।

डेरेकलाई न्यायाधिशले आफ्नो अधिकार र विश्वासमाथि धोका दिएको भन्दै साढे २२ बर्षको सजाय सुनाएका हुन् । 

टस प्रकरणमा ४५ बर्षिय डेरेकलाई सेकेन्ड डिग्री मर्डर र अन्य आरोप लगाइएको थियो ।

डेरेकसहित अन्य तीन प्रहरी अधिकृतलाई फ्लोयडको नागरिक अधिकार रोकेको आरोप लगाइएको छ ।

फ्लोयड परिवारले अदालतले दिएको सजायको घोषणाको स्वागत गरेको छ ।   

४८ बर्षिय फ्लोयडलाई तत्कालिन प्रहरी अधिकृत डेरेकले २०२० को मे २५ मा नौ मिनेटसम्म आफ्नो घुडाले थिचेर राखेका थिए ।  जसका कारण फ्लोयडको मृत्यु भएको थियो । सो घटनापछि अमेरिकामा 'ब्ल्याक लाइभ्स म्याटर' नामको देशव्यापी आन्दोलनको जन्म भएको थियो ।

घटनाको भिडियो बनाउने किशोरीलाई पुलित्जर अवार्ड

फ्लोयड प्रकरणको भिडियो बनाउने १८ बर्षिय डारनेला फ्रेजियरले विश्वकै प्रतिष्ठित द पुलित्जर अवार्डको विशेष पत्रकारिता अवार्ड पाएकी छन् । 

द पुलित्जर बोर्डले डारनेलालाई उनको साहसिक कदमका लागि सो अवार्डले सम्मानित गरेको हो । 

डारनेलाले एक श्वेत प्रहरी अफिसरले काला जातिका अमेरिकी फ्लोयडको हत्याको भिडियो बनाएकी थिइन् । उनले बनाएको यसै भिडियोको आधारमा अमेरिकामा गत बर्ष 'ब्ल्याक लाइभ्स म्याटर' नामको ठुलो आन्दोलनकै जन्म भएको थियो भने फ्लोयडलाई न्याय दिलाउन समेत मद्धत गरेको थियो ।

डारनेलाले २०२० को जुन २५ को सो घटनाको ८ मिनेट ४६ सेकेन्डको भिडियो बनाएकी थिइन् । प्रहरी अफिसरले डारनेलालाई घुरेर हेर्दै अब अर्को पालो तेरो हो भन्दै डराउन दिदा पनि उनले भिडियो बनाउन छोडेकी थिइनन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै