काठमाडौँ । प्रहरीले घाँटी थिचेर मारेका अमेरिकाका अश्वेत युवा जर्ज फ्लोयडलाई कोरोना पोजेटिभ रहेको देखिएको छ ।
सार्वजनिक गरिएको अटप्सी रिपोर्टमा फ्लोयडलाई कोरोना संक्रमण रहेको देखिएको हो ।
उनको पोस्ट मार्टम गर्ने क्रममा स्व़ाब टेस्ट गरिएको थियो । सिएनएनका अनुसार रिपोर्टमा उनको कोरोनाकै कारण मृत्यु भएको भने पुष्टि नहुने उल्लेख गरिएको छ ।
गत मे २५ मा उनलाई गोरा प्रहरी अधिकारीले घुडाले थिचेपछि ज्यान गएको थियो ।
अहिले अमेरिकामा अश्वेतलाई विभेद गरिएको भन्दै देशव्यापी विरोध प्रदर्शनले उग्ररुप लिएको छ । अहिले विभिन्न राज्यमा कर्फ्यु लगाइएको छ भने कैयौं राज्यमा भिड अनियन्त्रित भएर लुटपाट समेत भएको छ ।









