• २०८३ मङ्सिर ८ मंगलबार

जर्ज फ्लोयडको भिडियो खिच्ने डारनेलालाई पुलित्जरको विशेष अवार्ड

जर्ज फ्लोयडको भिडियो खिच्ने डारनेलालाई पुलित्जरको विशेष अवार्ड

काठमाडौँ । अमेरिकामा गत बर्ष प्रहरी अफिसरले घटी दबाएर मृत्यु भएका जर्ज फ्लोयडको भिडियो बनाउने १८ बर्षिय डारनेला फ्रेजियरले विश्वकै प्रतिष्ठित द पुलित्जर अवार्डको विशेष पत्रकारिता अवार्ड पाएकी छन् । 

द पुलित्जर बोर्डले डारनेलालाई उनको साहसिक कदमका लागि सो अवार्डले सम्मानित गरेको हो । 

डारनेलाले एक श्वेत प्रहरी अफिसरले काला जातिका अमेरिकी फ्लोयडको हत्याको भिडियो बनाएकी थिइन् । उनले बनाएको यसै भिडियोको आधारमा अमेरिकामा गत बर्ष 'ब्ल्याक लाइभ्स म्याटर' नामको ठुलो आन्दोलनकै जन्म भएको थियो भने फ्लोयडलाई न्याय दिलाउन समेत मद्धत गरेको थियो ।

डारनेलाले पुलित्जरको विशेष अवार्ड जितेपछि अमेरिकी फिल्मकार माइकल मूरले उनको प्रसंशा गर्दै गत बर्ष उनी १७ बर्षको हुदा बहादुरीका साथ आफ्नो स्मार्ट फोनबाट सो भिडियो बनाएको बताएका छन् । मूरेले डारनेलाको सो साहसिक कदमपछि मानिसहरुमा एक किसिमको विद्रोह जन्मिएको बताउदै उनले सो भिडियो नबनाएको भए अहिलेको जस्तो अवस्था हुने थिएन भनेका छन् ।

डारनेलाले २०२० को जुन २५ को सो घटनाको ८ मिनेट४६ सेकेन्डको भिडियो बनाएकी थिइन् । प्रहरी अफिसरले डारनेलालाई घुरेर हेर्दै अब अर्को पालो तेरो हो भन्दै डराउन दिदा पनि उनले भिडियो बनाउन छोडेकी थिइनन् ।

एकेडेमीका सदस्य समेत रहेका फिल्मकार मूरेले आफुले डारनेलालाई ओस्कार अवार्ड सिन सिफारिस गरेपनि सो हुन नसकेको भन्दै पुलित्जर समितिले सम्मानित गरेकोमा खुशी व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै