• २०८१ जेठ ७ सोमबार

गण्डकीमा विपक्षीको लाइफलाइन बने दीपक मनाङ्गे !

kharibot

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । 

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आज आह्वान गरेकी थिइन् ।

प्रदेश सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै गठबन्धनमा नेपाली काँग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गे रहेका छन् ।

प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

दीपक मनाङ्गे बने निर्णायक :

गण्डकी प्रदेशमा विपक्षी दलहरुकको सरकार बनाउन र एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्न स्वतन्त्र सांसद दीपक मनाङ्गे निर्णायक बनेका छन् ।

उनले विहिबार मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिने प्रदेश सभाको बैठकमा अनुपस्थित रहेर विपक्षी गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका थिए । गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री समेत रहेका मनाङ्गेले विहिबार नै राजीनामा दिदै आफु संसद बचाउन विपक्षीलाई साथ दिएको बताएका छन् । यतिमात्र होइन मनाङ्गे शुक्रबार विपक्षीहरुले सरकार बनाउने दाबि गर्न प्रदेश प्रमुखको कार्यालय पुग्दा सँगै पुगेर आफ्नो हस्ताक्षर समेत सनाखत गराएका छन् ।

मनाङ्गेको साथ पाएपछि अब गण्डकीमा गुरुङ नेतृत्वको सरकार बाहिरिने निश्चित भएको छ ।

आजै विपक्षीले लिएर गएका ३१ हस्ताक्षरको सनाखत समेत भैसकेकाले प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेपछि नयाँ सरकारको निर्णय लिने अनुमान गरिएको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै