• २०८१ जेठ १ मंगलबार

रुसमा पुटिन विरोधी नभाल्नीको पार्टी र फाउन्डेसनमाथि अदालतको प्रतिबन्ध

kharibot

काठमाडौँ । रुसमा राष्ट्रपति पुटिनका विरोधी नेता एलेक्सी नभाल्नीविरुद्ध थप कडा कदम चालिएको छ ।

मस्को स्थित एक अदालतले नभाल्नीको राजनीतिक दललाई प्रतिबन्ध लगाएपछि उनीविरुद्ध थप कडा कदम चालिएको हो । नभाल्नीको पार्टीलाई अदालतले चरमपन्थीको संज्ञा दिएको छ ।

अदालतले नभाल्नीको राजनीतिक दल र उनको भ्रष्ट्राचार विरोधी फाउन्डेसनलाई पनि तुरन्त प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

नभाल्नीका वकिलले अदालतको आदेशलाई उच्च अदालतमा चुनौती दिने बताएका छन् ।  

हाल जेलमा रहेका नभाल्नीले २०१८ मा रसिया अफ द फ्युचर नामको पार्टी खोलेर पुटिन विरोधी अभियानलाई तिब्र पारेका थिए । अदालतले नभाल्नीको अप्रति र उनको राजनीतिक नेटवर्कलाई समर्थन गरेमा सार्बजनिक पदबाट प्रतिबन्ध लगाउने देखि जेल सजाय सम्म हुने फैसला सुनाएको छ ।

अदालतको फैसलापछि नभाल्नीले सामाजिक सञ्जालमार्फत आफु पछि नहट्ने बताएका छन् । उनले अब काम गर्ने तरिका बदल्नुपर्ने बताउदै पछि नहट्ने बताएका हुन् ।

नभाल्नीलाई धोकाधडीको मुद्दा चलाएर अहिले जेलमा राखिएको छ ।

रुसमा आगामी सेप्टेम्बरमा निर्वाचन हुन लागिरहेको बेला विपक्षी दललाई प्रतिबन्ध लगाइएको छ । चुनाव अघिका पोलले सरकारले विश्वास गुमाइरहेको उल्लेख गरेका छन् । नभाल्नीका समर्थकहरु पनि चुनाव लड्ने तयारी गरेको बताइएको छ ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै