रुपन्देही । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको तिनाउ पुलमा दुई दिन रातिमा गाडी चलाउन नपाइने भएको छ ।
सडक विभागको पुल योजना सेन्टर नम्बर ४ पाल्पाले तिनाउ पुलको पश्चिममा रहेको ड्राई नाला पुल मर्मत गर्नुपर्ने भएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ४ बजेसम्म आवागमन बन्द गरिएको जानकारी दिएको छ । राति १० बजेअघि र बिहान ४ बजेपछि पुलमा आवागमन गर्न दिइने आयोजनाले जनाएको छ ।
ड्राई नालाको पुलमा रहेको बेरिङ फेर्नुपर्ने भएकाले मर्मत गर्न लागीएको बताइएको छ ।