• २०८१ बैशाख १९ बुधबार

रियल म्याड्रिडको प्रशिक्षकबाट जिदानको राजीनामा

kharibot

काठमाडौँ । जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका छन् । रियल म्याड्रिडले जिदानले प्रशिक्षक पदबाट राजीनामा दिएको जानकारी दिएको हो ।

रियल म्याड्रिडले जिदान खेलाडी र प्रशिक्षकको रुपमा क्लबको आइकन भएको उल्लेख गर्दै खेलाडी र प्रशिक्षकको रुपमा क्लबका लागि धेरै उपलब्धि हासिल गरेको बताएको छ । साथै क्लबले जिदान सधै रियल म्याड्रिडका फ्यान र क्लबको मुटुमा हुने उल्लेख गरेको छ ।

रियल म्याड्रिडले यस सिजनमा ला लिगामा दोस्रो स्थानमा रहेको थियो भने च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

जिदान पछिल्लो पटक २०१९ को मार्च ११ देखि रियलको प्रशिक्षक थिए । पछिल्लो अवधिमा रियल म्याड्रिडले खेलेका ११४ खेलमा ६९ जित, २५ बराबरी र २० खेल हारेको थियो । त्यस्तै उनको पछिल्लो कार्यकालमा रियल २०१९-२० को ला ल्गिआ र सुपरकोपा जितेको थियो ।

जिदानले यसअघि २०१६ जनवरीदेखि २०१८ मे सम्म रियलको प्रशिक्षक बनेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै