• २०८१ जेठ ३ बिहीबार

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

kharibot

भोजपुर । भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३: ३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत भएका थिए । 

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै