• २०८१ बैशाख २१ शुक्रबार

राजेन्द्र महतो संसदीय दलको नेतामा निर्वाचित भएको पत्र संसद् सचिवालयमा दर्ता

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राजेन्द्र महतो निर्वाचित भएको पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएको दिन मंगलबार महतो संसदीय दलको नेता चयन भएको जानकारी संसद् सचिवालयलाई गरिएको हो । 

संसद् सचिवालयमा दर्ता भएको पत्रमा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको छ ।

वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ ।

पत्रमा '२०७८-०१-३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा राजेन्द्र महतोलाई निर्वाचित गरेको उल्लेख छ ।

संसद सचिवालयमा दर्ता भएको पत्र :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै