• २०८१ बैशाख २४ सोमबार

हिमालयन हाइड्रो एक्स्पो ६० हजारले अवलोकन गरे

kharibot

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् । 

एक्पो उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो । एक्स्पो यही पुस २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । एक्स्पो अपेक्षा गरेअनुसार सफल भएको आयोजक संस्थाले जनाएको छ । 

विदेशी कम्पनीले नेपालको जलविद्युत् विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा आफूहरु आशावादी रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए । 

एक्स्पोमा जलविद्युत् आयोजनाका प्रवद्र्धक जलविद्युत्का सामान उत्पादक, वितरण, परामर्शदाता, बीमा कम्पनी लगानीकर्ता र बैंक तथा वित्त कम्पनीलगायत झण्डै १०० भन्दा बढी स्टल रहेका थिए । 

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता थियो । 

यसैगरी जलविद्युत् आयोजनाको विकास र विस्तारमा सहयोग पुग्ने गरी जलविद्युत्सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथमा भएको छ भने काठमाडौँ विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार ५५५ तथा द्वितीय र तृतीय हुनेलाई क्रमश रु २२ हजार २२२ र रु ११ हजार १११ नगद पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै