• २०८१ बैशाख २४ सोमबार

मेडीसिटी अस्पतालमा अक्सिजन अभाव, नयाँ विरामी भर्ना नलिने

kharibot

काठमाडौँ । नेपाल मेडीसिटी अस्पतालले अक्सिजन अभाव भएको भन्दै नयाँ विरामी भर्ना नलिने बताएको छ ।

अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले एक विज्ञप्ति जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ विरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएका छन् । 

अस्पतालमा कोभिड तथा नन् कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराईरहँदा हाल आएर अक्सिजनको चरम् अभाव महशुस गरीएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मेडीसिटी अस्पतालमा हाल १०० जना भन्दा बढी नन् कोभिड बिरामीहरु तथा १२० जनाभन्दा बढी कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढी भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरु मध्ये ठूलो संख्यामा रहेको समेत अस्पतालले जानकारी गराएको छ ।  

विज्ञप्तिमा भनिएको छ- 'प्रत्येक दिन ४ सय पचास  देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डरमात्र प्राप्त हुने जानकारी प्राप्त भएकाले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले सो का लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग  हार्दिक अपिल गर्दछौं । अहिलेको विषम् परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितीका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको  र हाल उपचाररत् बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रस्तुत गर्दछौं ।'

अस्पतालले स्थिती सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल व्यवस्थापनबाट अर्को सूचना जारी हुने बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै