• २०८१ बैशाख १५ शनिबार

कंगना र ट्वीटर आमने सामने !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएको कारण कडा प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्,  'यस्तो गरेर ट्वीटरले उनीहरुको कुरा पुष्टि गरेको छ ।'

कंगनाको टिम अनुसार, 'ट्वीटरले मेरो नै पक्षलाई प्रामाणित गएको छ कि ट्वीटर अमेरिकी हो र एक गोरो व्यक्ति जन्मदेखि नै ब्राउन व्यक्तिलाई आफ्नो दास बनाउने आफ्नो अधिकार भएको सोच्छन् । तर सौभाग्यले म संग सिनेमा सहित धेरै प्लेटफर्म छ जसको प्रयोग म आफ्नो आवाज उठाउनको लागि गर्न सक्नेछु ।'

'तर मलाई यो देशको ती नागरिकको माया लाग्छ जसलाई यातना दिइयो र दास बनाइएको थियो र हजारौं वर्ष देखि दबाएर राखियो जसको दुखको कुनै अनत्य छैन ।'

लगातार विवादको बन्ने कंगनाको ट्वीटको कारण नियम पालना नगरेको आरोप लगाउदै मंगलबार अकाउन्ट सस्पेन्ड गरिएको थियो ।

पछिल्लो तीन दिन देखि कंगनाले विवादास्पद ट्वीटको कारण चर्चामा रहेकी थिइन् । अक्सिजनको विषयमा ट्वीट गरेको कारण उनको ट्रोल पनि भएको थियो ।

अभिनेत्रीले पश्चिम बंगालमा चुनाव परिणाम घोषणा भएपछिको हिँसाको बरेमा ट्वीट गरेकी थिइन् ।

एक पोष्टमा उनले ह्यासट्याग बंगालहिँसा लाई राख्दै कुनै व्यक्तिको नाम उल्लेख नगरी ममता बेनर्जीलाई रगतको प्यासी राक्षसको प्रतिमा भएको बताएकी थिइन् ।

यसैबीच ट्वीटरले पनि कंगनाको एकाउन्ट सस्पेन्ड गरेको विषयमा पटक पटक नियम उलंघन गरेको र समाजमा अपमानजनक व्यवहार गरेको कारण उनको एकाउन्ट बन्द गरिएको स्पष्ट गरेको छ ।

ट्वीटरका प्रवक्ताले भनेका छन्- 'हामीले स्पष्ट गरिसकेका छौकी हामी यस्तो व्यबहारलाई लिएर कडा कारवाही गरिन्छ जसले कसैलाई अफलाइन नोक्सान हुनसक्छ । हामीले सबैप्रति विवेकपूर्ण तरिकाले निश्पक्ष रुपमा ट्वीटरको नियमको लागु गर्छौं ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै