• २०८१ जेठ ६ आइतबार

रोयल पेन्टसद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग

kharibot

चितवन । धुर्मुस सुन्तली फाउन्डेशन द्वारा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला रंग रोगनका लागि भरतपुरमा रहेको रोयल पेन्टस प्रालीले बिभिन्न किसिमका आफना उत्पादनहरु सहयोग गरेको छ । 

कार्यक्रममा बोल्दै उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेलले चितवनमा बन्दै गरेको रंगशालाले चितवनको समग्र आर्थिक अबस्थामा ठुलो टेवा पुग्ने बताए । सम्पुण नेपालीको सान यस गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले सम्पुर्ण खेलप्रेमि नेपालीमा पुन एक पटक आशा पलाएको र धुर्मुश सुन्तली फउन्डेशन द्वारा निर्माणाधिन गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशालासंग सधैं हातेमालो गर्दै अघि बढ्न चाहेको बताउदै रोयल पेन्टसका संचालक प्रमेशवर भण्डारीले गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशालाले आफना उत्पादन प्रयोग गर्दै गर्दा आफुहरुलाई थप उत्साह थपेको पनि बताउए ।

नयाँ बर्षको शुभकामना दिदै उनले धुर्मुस सुन्तली फाउन्डेसन द्वारा संचालित अन्य परियोजनामा समेत हातेमालो गर्न चाहेको पनि बताए ।

रोयल पेन्टसका बजार प्रर्बधक समेत रहेको पुर्व मिस नेपाल २०१८ कि बिजेता रहेकी श्रृखला खतिवडाले पनि रंगशाला निर्माण कार्यमा जुटेका धुर्मुश सुन्तली फउन्डेशनका समपुर्ण टिमको मुक्तकंठले प्रशंसा गर्दै रंगशाला निर्माण कार्यमा सदैब आफनो साथ र सहयोग रहने बताउदै आफु बजार प्रर्बधक रहेको रोयल पेन्टसले गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला रंगिदै गर्दा खुशीको सिमानै नरहेको बताइन् ।

कंम्पनिका नेशनल सेल्स मेनेजर बिक्रम खतिवडाले खुशि बाढ्दा बढ्छ खुशि भन्दै आगामि दिनहरुमा पनि उद्योगले यसतै किसिमका सहयोगलाई जारी राख्दै आफना गुणस्तरीय उत्पादनले सम्पूर्ण नेपालीको मन जितेर अघि बढ्ने पनि बताए ।

कार्यक्रममा रोयल पेन्टसका डाईरेक्टरद्वय कृष्णराज भण्डारी र प्रकाश केसीको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण चिरन्जीवी पाण्डले गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै