पोखरा । संकटा क्लब जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ ।
बुधबारको पोखरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा संकटा क्लबले एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
संकटाका लागि सुवास गुरुङ र ग्लोरीले एक एक गोल गरेका थिए । सुवासले खेलको ३३औं मिनेटमा गोल गरेका थिए भने ग्लोरीले खेलको ९०औं मिनेटमा गोल गरेका थिए ।
खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ बनेका छन् ।
अब दोस्रो सेमिफाइनलमा विहिबार नेपाल पुलिस क्लब र अफ्रिकन रुट्स एसोसिएसन खेल्दै छन् । प्रतियोगिताको फाइनल खेल चैत्र २८ गते शनिबार हुदै छ ।