काठमाडौँ । अमेरिकी स्पेस एजेन्सी नासाले मंगलग्रहमा अर्को सफलता हासिल गरेको छ । नासाले पठाएको इंजीन्युटी हेलिकप्टर मंगलग्रहमा ल्याण्ड गरेपछि पहिलो रात बिताएको नासाले जानकारी दिएको छ ।
योसँगै दोस्रो ग्रहको धर्तिमा उत्रिने पहिलो रोटरक्राफ्ट समेत बनेको छ ।
नासाले इंजीन्यूटी हेलिकप्टरले पहिलो रात मंगलग्रहमा बिताएको जानकारी दिदै नासाकालागि यो निकै ठुलो सफलता भएको जनाएको छ ।
मंगलग्रहमा रातिको समय निकै चिसो हुने गर्दछ । रातिको तापक्रम माइनस १३० डिग्रीसम्म हुने नासाले बताएको छ ।
नासाको यो हेलिकप्टर यस अघि फेब्रुअरी १८ मा पठाइएको पर्सिभियरेन्स रोभरसँगै पठाइएको भएपनि अहिले यो बाहिर आएको हो । यसलाई मंगलग्रहमा सौर्य उर्जाले चार्ज हुने गरि बनाइएको छ । अब यस हेलिकप्टरको माध्यमबाट नासाले मंगलग्रहको बारेमा आफ्नो अध्ययन थप तिब्र पर्ने बताएको छ । मंगलग्रहमा यसलाई परिक्षण उडानको रुपमा उदाउने प्रयास समेत गर्ने नासाले जनाएको छ ।