• २०८१ बैशाख २० बिहीबार

आङ सान सुकीमाथि घुस लिएको आरोप

kharibot

काठमाडौँ । म्यान्मारको सैनिक सरकारले नेतृ आङ सान सुकीले सरकारमा हुदा ६ लाख अमेरिकी डलर घुस लिएको आरोप लगाएको छ ।  साथै सुकीले घुसवापत सुन पनि लिएको आरोप लगाइएको छ । 

सैनिक सरकारले यी आरोप सुकीले स्वीकार गरेको बताउदै सैनिक सरकारले  विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

फेब्रुअरी १ मा म्यान्मारमा गरिएको सैनिक कू पछि हिरासतमा रहेकी नेतृ सुकीलाई सैनिक सरकारले विभिन्न आरोप लगाउदै आएको छ । सुकी माथि लगाइएका आरोप बारे कुनै प्रमाण भने सार्बजनिक गरिएको छैन ।

प्रेस ब्रिफिंगमा सेनाका ब्रिगेडियर जनरल जाँ मिन तुनले राष्ट्रपति र केहि मन्त्रीहरुले समेत भ्रष्ट्राचार गरेको आरोप लगाएका छन् ।

ब्रिफिंगमा देशमा भएको हिँसा र पाँच दर्जन भन्दा बढीको मृत्युको बारेमा भने  सैनिक सरकारका प्रवक्ताले केहि बताएका छैनन् ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारमामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तिमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’ का क्रममा मारेको पुष्टि गरेको छ ।

वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुन सक्ने पनि उक्त कार्यालयले प्रमाणित बताएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यानमारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै