• २०८१ बैशाख २२ शनिबार

सानिमा बैंक र आइएसओएन हेल्थ केयर बिच सम्झौता

kharibot

काठमाडौ । सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थ केयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी पत्र अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट तथा  क्रेडिट कार्ड प्रयोगकर्ताले पाँच देखि सात प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन । 

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न सक्नेछन । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिका लगायत देशहरुका प्रतिष्ठित अस्पतालहरुसँग सम्बन्धन रहेको छ । 

उक्त समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् । 

बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा नेपालका विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा समेत विशेष छुटको व्यवस्था रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै