• २०८१ बैशाख २२ शनिबार

सानिमा बैंक नयाँ शाखा सिराहाको मिर्चैयामा

kharibot

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । 

समुद्घाटन् समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । 

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । 

सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटिएम संचालनमा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै