• २०८१ बैशाख २२ शनिबार

बुधबार शेयर कारोबारमा समस्या, निफ्राको शतप्रतिशत मुल्य कसरी घट्यो ?

kharibot

काठमाडौँ । बुधबार शेयर कारोबारमा समस्या देखिएको छ । सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने निर्णय सँगै उतासहित भएका लगानी कर्ताले समस्या भएपछि कारोबार गर्न नपाएको गुनासो गरेका छन् ।

बुधबारको बजार खुल्नासाथ १७ अंकको बढ्तसहित शुरु भएको बजार लगानीकर्तालाई आश्चर्यमा पार्दै एक्कासी ८२ अंकले घटेको देखिएको थियो । त्यस्तै अर्को अचम्म भने अनलाइन कारोबार गर्ने टिएमएसमा नेपाल इन्फ्रास्ट्रचर बैंकको मुल्य शतप्रतिशत घटेको देखाएको छ । जबकी शेयर कारोबारमा एकै कुनै कुनैपनि शेयरको मुल्य १० प्रतिशतभन्दा बढी घटबढ हुदैन ।

एकदुई मिनेटको अन्तरमा नै यस्तो देखिएकोमा लगानीकर्ताहरुले शंकास्पद रुपमा हेरेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहेका बेला नेप्सेले प्राविधिक विषय मिलाउन नसकेको देखिएको छ ।

अहिले अनलाइन कारोबार गर्नेको संख्या बढेको बेलामा हरेक दिन टिएमएस नखुल्ने समस्याले पनि लगानीकर्ता हैरान भएको गुनासो गरेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय