• २०८१ बैशाख २२ शनिबार

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई १० अंकको अग्रता

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेन, रियाद महरेज र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि रिचार्लिसनले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ । सिटीको २४ खेलमा ५६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४६ अंक रहेको छ । त्यस्तै २४ खेलमा ४६ अंक रहेको लेस्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टनको भने २३ खेलमा ३७ अंक रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय