• २०८१ बैशाख १८ मंगलबार

बरुण धवन प्रेमिका नताशासँग विवाह बन्धनमा

kharibot

काठमाडौँ । बलिवुडका नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आइतबार विवाह बन्धनमा बाँधिएका छन्  । विवाह, मुम्बई नजिक अलिबागस्थित द म्यान्सन हाउसमा आज भइरहेको छ ।

भारतीय परम्परा अनुसार, शनिबार मेहेन्दी र संगीत समारोहको भएको थियो । साथै वरुण धवनको  ब्याचलर पार्टी पनि आयोजना भएको थियो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै केहि सिमित मानिसलाई मात्र विवाहमा बोलाइएको थियो । निर्देशक करण जोहर, आलिया भट्ट, जान्हवी कपूर, अर्जुन कपूर र परिवारका अन्य सदस्य विवाहमा पुगेका थिए ।

अनुष्का शर्मा र विराट कोहलीको विवाह आयोजना गरेका इभेन्ट म्यानेजमेन्टले वरुणको विवाहको आयोजना गरेका हुन् । अनुष्का-विराट जस्तै वरुणको विवाहमा पनि मोबाइल फोन लैजान रोक लगाइएको छ । 

नताशा दलाल एक स्थापित फेशन डिजाइनर हुन् । नताशाको आफ्नो छुट्टै ब्राण्ड लेभल रहेको छ । उनले आफ्नो पढाई न्युयोर्कमा पुरा गरेर सन् २०१३ मा भारत फर्किएकी हुन् । वरुण र नताशा  बाल्यकाल देखिका साथी हुन् र दुवैलाई थुप्रै पार्टी तथा बलिवुडको भेटघाटमा पनि देखिएको छ ।

दुवैको जोडीलाई फ्यानहरुले निकै मन पराएका छन् । वरुण र नताशाको लभ स्टोरी एक म्यूजिक कन्सर्टबाट शुरुवात भएको थियो ।

उनीहरु दुवैजना त्यस समयमा ११ वा १२ कक्षामा अध्यनरत थिए । एक अन्तर्वार्ताको क्रममा वरुणले यसको बारेमा बताएका थिए । प्रेम सम्बन्धमा हुनु भन्दा पहिला नताशाले वरुणलाई करिब तीन वा चार पटक सम्म रिजेक्ट गरेकी थिइन् । अन्तिममा नताशाले वरुणको भावनालाई बुझिन् र उनले प्रेम प्रस्ताव स्वीकार गरिन्  ।

वरुण र नताशा लामो समयदेखि संगै छन् । सन् २०१७ मा उनीहरुको ब्रेकअपको खबर आएको थियो तर केहि समय पछि वरुणले उक्त कुरा गलत रहेको बताएका थिए । 

सन् २०१८ र २०१९ मा उनीहरुको विवाहको चर्चा चलेको थियो । तर वरुणले यति छिटो विवाह नगर्ने बताएका थिए । अहिले सन् २०२१ मा वरुण र नताशा विवाहको बन्धनमा बाँधिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै