• २०८१ बैशाख १७ सोमबार

लालु यादवको स्वास्थ्य बिग्रियो, एयर एम्बुलेन्सबाट दिल्ली पुर्याइयो

kharibot

काठमाडौँ । हाल जेलमा रहेका भारतको विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका यादवको स्वास्थ्य बिग्रेपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल पुर्याइएको छ ।

उनलाई एयर एम्बुलेन्स मार्फत दिल्ली पुर्याइएको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

यादवलाई निमोनिया भएको कारणले सास फेर्न मुश्किल भइरहेको बताइएको छ ।

पूर्व केन्द्रीय रेलमन्त्री समेत रहेका यादव चारा घोटाला प्रकरणमा दोषी पाइएपछि अहिले जेलमै रहेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै