• २०८१ फाल्गुण ३० शुक्रबार

वुहानमा आधिकारिक तथ्यांकभन्दा दश गुणा अधिक संक्रमित भएको अनुसन्धानबाट पुष्टि

kharibot

फाइल तस्बीर

काठमाडौँ । चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्शन (सीडीसी) को एक अध्ययन अनुसार, कोरोनाको उद्गमस्थल  चीनको वुहान शहरमा करिब पाँच लाख मानिस कोरोना संक्रमित भएका थिए । यस तथ्यांक चीन सरकारको आधिकारिक तथ्यांक भन्दा दश गुणा अधिक हो ।

उक्त अनुसन्धानमा ३४ हजार मानिसलाई सहभागी गरिएको थियो । वुहान बाहेक शंघाई, बेइजिंग संगै हुबेई, गुआंग्डोंग, जिआंगसू, सिचुआन र लिओनिंग प्रान्तका मानिसमा संक्रमण दरको अनुमान लगाउनको लागि अध्ययन गरिएको थियो । वुहानको कुल जनसंख्या एक करोड दश लाख रहेको छ । अनुसन्धानकर्ताले वुहानमा कोभिड-१९ को लागि ४.४३ प्रतिशत एन्टीबडी प्रसार दर दर्ता गरेका छन् ।

वुहान नगर स्वास्थ्य आयोगको अनुसार, आइतबार सम्म उहानमा कोरोनाको कुल ५०,३५४ संक्रमित रहेका छन् । वैज्ञानिकहरुले कोरोना भाइरसको एन्टीबडीजको लागि उक्त अनुसन्धान गरेका थिए । यस अध्ययनमा रगतमा सिरमको नमुनाको परिक्षण गरिएको थियो जसको कारण पछिल्लो संक्रमणको बारेमा अनुमान लगाउन सकिनेछ ।

तर सर्वे गरिएको क्षेत्रमा अहिले सम्म कति जना संक्रमित थिए भन्ने अन्तिम तथायंक सार्वजनिक भएको छैन ।

कोरोनाको पहिलो लहरको संक्रमणको एक महिनामा गरिएको सीडीसीको अध्ययन अनुसार, वुहानमा कोरोनाको एन्टीबडी दर निकै कम छ । 

हुवेईको अन्य शहरमा एन्टीबडीको दर केवल ०.४४ प्रतिशत रहेको छ ।  हुवेई प्रान्त भन्दा बाहिरको १२००० मानिसमा अनुसन्धान गर्दा केवल दुई जनामा एन्टीबडी भेटिएको थियो । 

वैदेशिक सम्बन्ध आयोगको ग्लोबल हेल्थका अधिकारी यान्जोंग हुआंगको अनुसार, " वुहानमा संक्रमणको उच्च भएको समयमा एसिम्टोमेटिक मतलब लक्षण नदेखिएका कोरोना संक्रमितको सरकार संग कुनै तथ्यांक छैन जसले गर्दा आधिकारिक तथ्यांकमा केहि कमि भएको हो ।"

जनवरी र फेब्रुअरीमा वुहानका अस्पतालमा ज्वरो आएका बिरामी अधिक थिए र त्यहाँ उपचारको सहि उपकरण र मेडीकल स्रोत थिएन साथै स्वास्थ्कर्मीको पनि अभाव थियो । त्यसैले धेरै मानिसलाई घर फर्किन बताइयो जसले गर्दा उनीहरुको परिवारलाई पनि कोरोना संक्रमण भयो र उनीहरुको घरमा नै मृत्यु भयो । यसको सरकारी तथायंकमा कुनै रेकर्ड छैन ।

फेब्रुअरी १२ पछि हुवेईका स्वास्थ्य अधिकारीले " क्लिनिकल रुपमा पुष्टि भएका" लाई मात्र पुष्टि गरिएको तथ्यांकमा राख्ने निर्णय गरे । त्यस दिन १३ हजार संक्रमित मानिसलाई आधिकारिक तथ्यांकमा दर्ता गरिएको थियो । 

वुहानमा प्रभावकारी नियन्त्रण 

यस अध्ययनमा वुहान र वुहान भन्दा बाहिर रहेको एन्टीबडीको बारेमा जानकारी सार्वजनिक गरेको छ ।  कोरोना भाइरसको व्यापक फैलिएको संक्रमणलाई रोक्नको लागि वुहानले जनवरी २३ देखि बाहिरी संसारदेखि टाढा राखेको थियो । 

वुहानले सबै हवाई यात्रा, ट्रेन र बसमा यातायात गर्न प्रतिबन्ध लगाएको थियो भने शहरको मुख्य प्रवेशद्वारको रुपमा रहेको सबै राजमार्ग बन्द गरेको थियो । चीनमा कडा लकडाउन गरिएको थियो र यसको दुई महिना सम्म कुनै पनि प्रकारको सामाजिक क्रियाकलापमा रोक लगाइएको थियो । मानिसहरुलाई घरबाट बाहिर निस्किन अनुमति दिइएको थिएन । 

यसको सबैभन्दा ठुलो मार बिरामी तथा संक्रमितलाई परेको थियो किनभने अस्पताल सम्म जानको लागि कुनै सवारी साधना उपलब्ध थिएन ।  तर सीडीसीले भने केवल चीनको वुहानमा कोरोना नियन्त्रणमा भएको जितको मात्र बयान गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै