काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसद विघटनको सिफारिस गरेका विषयमा छलफल गर्न पदाधिकारी र पुर्वपदाधिकारीको बैठक बोलाएको छ ।
सभापति शेरबहादुर देउवाले दिउँसो एक बजे आफ्नै निवासमा पार्टीका पदाधिकारी पुर्वपदाधिकारीहरुको बैठक बोलाएका हुन् ।
बैठकमा संसद विघटन गर्न सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्ने बताइएको छ ।