• २०८१ बैशाख २० बिहीबार

नेकपा सचिवालय बैठकमा प्रचण्ड र नेपालले के के भने ?

kharibot

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अहिले देखिएको समस्याको प्रमुख जड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भएको विचार व्यक्त गरेका छन् ।

मंगलबार भएको बैठकमा प्रचण्डले ओलीले यसअघि पेश गरेको ३८ पेजको प्रस्तावको जवाफ दिदै ओलीमा मै हुँ भन्ने अहम बढेको आरोप लगाएका छन् । साथै प्रचण्डले ओलीलाई पार्टीमा गुटबन्दी गरेको आरोप लगाएका छन् ।

प्रचण्डले ओलीले लगाएको आरोप खण्डन गर्दै मदन भण्डारी फाउन्डेसनबाट गुटबन्दी गरेको बताउदै ओलीमा व्यक्तिवाद हावी भएको बताएका छन् ।

प्रचण्डले ओलीको प्रस्तावमा विरोधाभासपूर्ण कुराहरु रहेको भन्दै दुई अध्यक्ष मध्ये एक रहदैन भनेपछि कसरी पार्टी एकता बलियो हुन्छ ? भन्ने प्रश्न गरेका थिए ।

साथै प्रचण्डले ओलीको ३८ पेज लामो प्रस्तावको जवाफ अर्को सचिवालय बैठकमा वा स्थायी कमिटी बैठकमा लिखितरुपमा नै पेश गर्ने जानकारी बैठकलाई बोलाएका छन् ।

त्यस्तै बैठकमा वरिष्ठ नेता नेपालले पनि ओली पार्टीको अहिलेको अवस्थाका लागि जिम्मेवार भएको बताएका छन् । नेता नेपालले दुवै प्रस्ताव अध्ययन गर्दा प्रचण्डको प्रस्तावले पार्टीमा विधि, पद्दति स्थापित हुनुपर्ने कुरालाई जोड दिएको बताए । त्यस्तै ओलीको प्रस्तावमा गलत कुरा उल्लेख गरिएको बताउदै ओलीको प्रस्तावमा गुटवाद झल्किएको बताएका थिए ।

नेता नेपालले ओलीलाई समस्याको प्रमुख जड तपाइँ नै हो भन्दै कडा आलोचना समेत गरेका थिए ।

नेता नेपालले ओलीलाई पार्टी विभाजनको त्रास आम कार्यकर्तामा फैलाएको भन्दै पार्टी विधि पद्दति अनुसार चल्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा अन्य नेताहरु वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले बैठक केहि दिन स्थगित गरेर भएपनि अनौपचारिक छलफललाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।

बैठक आज १ बजे फेरी बस्दै छ । नेकपाका प्रवक्ताले दुवै प्रस्तावमा छलफल अगाडी बढेको बताउदै आजको बैठकमा थप छलफल हुने बताएका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै